नियम ४५
इजाजतपत्रवालालाई पुरस्कृत गर्ने मापदण्ड
(१) ऐनको दफा ७१ बमोजिम नेपाल सरकारले उत्कृष्ट इजाजतपत्रवालालाई नियम ३ मा उल्लिखित आधार बमोजिम बोर्डको सिफारिसमा पुरस्कृत गर्नेछ ।
(२) उपनियम (१) बमोजिम पुरस्कृत भएको इजाजतपत्रवालालाई एक पटक पुरस्कृत भएपछि सामान्यतया अर्को तीन वर्षसम्म पुरस्कृत गरिने छैन ।